कास्कीमा विभिन्न मुद्धामा फरार ७७ जना प्रकाउ
पाेखरा | माघ २, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा फरार ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । कास्की प्रहरीले गत पुष महिनामा ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको हो ।
विभिन्न मुद्धामा फरार रहेका ७७ प्रतिवादीहरुले १६ वर्ष २ महिना १४ दिन कैद सजाय र ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका प्रतिवादीहरुलाई अदालतमा बुझाइएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार गत पुष महिनामा प्रकाउ परेका प्रतिवादी मध्य सबैभन्दा बढि नेक अनादार मुद्धामा ४४ जना रहेका छन् ।
यस्तै सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धा र जालसाझी मुद्धामा ३/३ जना, लागुऔषध मुद्धामा १३ जना, जुवातास मुद्धामा ३ र लेनदेन (बिगो सम्बन्धी मुद्धामा २ जना प्रकाउ परेका छन् ।
यस्तै अभद्र व्यवहार मुद्धा, झुुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धा,जुवातास मुद्धा, केही सार्वजनिक अपराध मुद्धा, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धा, ज्यान सम्बन्धी मुद्धा, सवारी ज्यान मुद्धा, गैर कानुनी कारोवार सम्बन्धी मुद्धा र अपुतािल हक कायम सम्बन्धी मुद्धामा १/१ जना प्रकाउ परेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

